
धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका ६ स्थित १७५ घरधुरी रहेको काउले डाँडा गैरीगाउँलाई आज नमुना, सफा र स्वच्छ गाउँ घोषणा गरिने भएको छ ।
गाउँपालिका स्तरीय खानेपानी तथा सरसफाइ स्वस्छता समन्वय समिति र सरोकारवालाले यी गाउँको अनुगमन गरे सँगै नमुना गाउँको मापदण्ड पुराभएको देखिएपछि आज राष्ट्रिय कलाकारहरुको साथमा विभिन्न सास्कृतिक कार्यक्रम गर्दै उत्साहपूर्ण तवरले नमुना गाउँ घोषणा गरिने गाउँपालिकाले जनाएको छ ।