निरञ्जना माविको आज ६० औं वार्षिकोत्सव मनाईदै

Avatar photo
Dhadingpost
शुक्रबार, पुस ८, २०७९

धादिङ । धादिङ जिल्ला भित्रकै एक गौरव ईतिहास बोकेको निरञ्जना माध्यमिक विद्यालयको आज एक विशेष समारोहका साथ ६० औं वार्षिकोत्सव मनाउन लागिएको छ ।

वार्षिकोत्सव समारोहको उद्घाटन धादिङ १ का संघीय सांसद एवम् बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेले गर्ने बताईएको छ । साथमा बृहत सांस्कृतिक कार्यक्रम पनि हुने बताईएको छ ।

धादिङ जिल्लाको उत्तरी पूर्वी भेग साविकको मार्पाक गाविस वडा नम्बर २ र हाल नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ मिलनबजार मार्पाकमा रहेको नीरञ्जना माविको सुरुवात कटुसको स्याउलाको छाप्रोबाट सुरुभएको र पढाउने शिक्षको मासिक तलव ३० रुपियाँ थियो ।

अहिले यो विद्यालयको आफ्नै आधुनिक सुविधा सम्पन्न भवन छ । राम्रो खेलकुद मैदान समेत रहको निरञ्जनामा २०६५/०६६ बाट कक्षा ११ र २०६६/०६७ मा कक्षा १२ संचालन छ भने २०७७ देखि प्राविधिक धार सिभिल इन्जिनियरको समेत पढाई हुँदै आएको छ । ‘निरञ्जना माविको भूत, वर्तमान र भविष्य चर्चा