धादिङमा यो पटक सांसद हुनेको संख्या ११ पुग्यो

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २५, २०७९

धादिङ । धादिङका तीन ठुला पार्टीहरु एमाले कांग्रेस र माओवादीले धादिङबाट संघ तर्फ समानुपातिकमा सांसद चयन गर्न नसक्दा पनि धादिङमा संघ र प्रदेशमा गरी संसद संख्या ११ जना पुगेको छ ।

संघमा प्रत्यक्ष तर्फबाट विजयी एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र रामनाथ अधिकारी, समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्याल र राप्रपाबाट बुद्धिमान तामाङ र विना लामा गरी ५ जना छन् ।

यस्तै प्रदेश तर्फ प्रत्यक्षबाट शालिकराम जमकट्टेल, मदुकुमार श्रेष्ठ, गोविन्द लम्साल, डम्बर तामाङ विजयी भई सकेका छन् भने कांग्रेसका तर्फबाट बागमती प्रदेश सांसदमा शिवराज अधिकारी, एकीकृत समाजवादीले मायादेवी शर्मालाई यसै क्षेत्रबाट समानुपातिक सांसद चयन गर्दा धादिङ प्रदेश सांसदको संख्या ६ पुगेको छ ।

धादिङमा कांग्रेसबाट संघमा १ र प्रदेश ३ गरी ४, राप्रपाबाट संघमा २ प्रदेशमा १ गरी ३, एकीकृत समाजवादीबाट संघमा १ र प्रदेशमा १ गरी २, राष्ट्रिय स्वतन्त्र पार्टीबाट संघमा १ जना र माओवादी केन्द्रबाट प्रदेशमा १ जना सांसद रहने छन् । यो ०७९ सालको आम चुनावबाट धादिङले प्रदेश संघमा गरी ११ सांसद पाउँदा जिल्लाकै ठुलो दल एमालेले प्रत्यक्ष र समानुपातिक दुबैबाट एक जना सांसद समेत बनाउन सकेन ।