
धादिङ । आठौं नेपालगञ्ज म्याराथन अन्तरगत हाफ म्याराथनको उपाधी धादिङ निवासी सन्तोषी श्रेष्ठले जितेकी छिन् । उनले निर्धारित दुरी एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा पुरा गर्दै हाफ म्याराथन जेतेकी हुन् ।
सन्तोषीलाई पछ्याएका भारतको देहरादुनकी अन्जली चौहान दोस्रो भइन् भने बागमतीकै अन्जु खड्का तेस्रो भइन् । चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्का ले एक घण्टा ३६ मिनेट ४५ सेकेण्ड लगाइन् ।