जिल्ला भलिबलमा सिद्धलेक गाउँपालिका प्रथम

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर २३, २०७९

धादिङ । जिल्ला भलिबल संघले आयोजना गरेको प्रथम अन्तर पालिका जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि सिद्धलेक गाउँपालिकाले जितेको छ । फाईनलमा खनियाबास गाउँपालिकालाई पराजित गर्दै सिद्धलेक जिल्ला प्रथम भएको हो ।

प्रथम भए सँगै सिद्धलेक गाउँपालिकाले नगद १ लाख १ हजार १११ हात पारेको छ भने उप विजेता खनियाबास गाउँपालिकाले ५० हजार ५५५ र सेमिफाईनलमा रोकिएका रुबीभ्याली गाउँपालिका र गंगाजमुना गाउँपालिकाले सान्तोना पुरस्कार २०–२० हजार जितेका छन् ।

बागमती प्रदेश सरकारका आर्थिक माामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेललेका प्रमुख आतिथ्यतामा भएको फाईनल खेल तथा पुरस्कार वितरण कार्यक्रममा माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारी, एमाले धादिङका सचिव अर्जुन गोर्खाली, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङ, नीलकण्ठ नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, खनियाबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

यस प्रतियोगिताको उद्घाटन एक विशेष समारोहका बीच बिहिबार बागमती प्रदेश सरकारका खेलकुद मन्त्री रत्न ढकालले गरेका थिए ।