त्रिपुरासुन्दरी गापाद्वारा क्रिकेट खेलाडीलाई नगद सहित सम्मान

Avatar photo
सन्जु श्रेष्ठ
सोमवार, मंसिर १२, २०७९

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले कार्तिक १ देखि ७ गते सम्म संचालन भएको धादिङ जिल्ला अन्तरपालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा प्रथम हुने क्रिकेट खेलाडीलाई नगद सहित आईतबार एक विशेष समारोहका बीच सम्मान गरेको छ । सम्मान कार्यक्रममा गाउँपालिकाका प्रमुख राजु उप्रेती, उप प्रमुख देवराज धरेल, प्रमुख प्रशासकिय अधिकृत इन्द्र खतिवडा, वडाध्यक्ष्यहरु लगायतको उपस्थिति रहेको थियो ।

धादिङ क्रिकेट संघले आयोजना गरेको उक्त जिल्ला स्तरीय अन्तरपालिका टी -२० क्रिकेट प्रतियोगिता धुनीबेसीलाई ४ विकेटले हराउदै त्रिपुरासुन्दरी गाउँपालिकाले उपाधि हात पारेको थियो। यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनीबेसीले ७५ हजार रुपैयाँ जितेका थिए । जिल्ला क्रिकेटमा प्रथम हुन सफल भएकोमा बधाई दिँदै टिमकोचलाई नगद २० हजार र खेलाडीलाई जनही ५ हजारका दरले गाउँपालिकाले सम्मान गरेको हो ।

गाउँपालिकाले सम्मान गरेको जिल्ला प्रथम त्रिपुरासुन्दरीका खेलाडीहरुमा टिम कोच उदयबहादुर थापा, टिम म्यानेजर गुर्चन अमृत थापा, अश्विन सापकोटा, रामबहादुर रानामगर, अनिल अधिकारी, दिपेन्द्र उपाध्याय, दिपेश कडेल, इश्वर् अधिकारी, सौरव थपलिया, विशाल थपलिया, दिवस शर्मा, सहिल भण्डारी, पुष्पराज पाण्डे, श्रीकृष्ण उपाध्याय रहेका छन् ।