अब आदर्शले मात्रै केहि हुन्न -मिलन

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १०, २०७९

धादिङ । माओवादी केन्द्र धादिङका नेता चन्द्रबहादुर सिलवाल (मिलन) ले आफ्नो सामाजिक संजामा एउटा भावुक स्टाटस लेख्दै पार्टीको ध्यानाकर्षण गराएका छन् । उनले जनताको छाना, माना र चुलाको कुरा नगर्ने हो भने, शिक्षा स्वास्थ्य र रोजगारको सहज व्यवस्था नगर्ने हो भने,जनताले बुझ्ने भाषामा माओबादी र जनयुद्ध यसकारण सहि हो र थियो भनेर जनताको जिवन व्यवहारमा अनुभुत नगराउने हो भने आदर्शले मात्रै केहि नहुने बताएका छन् ।

उनको फेसबुक स्टाटस जस्ताको तस्तै
गरेको कामको प्रचार गर्ने हो भने ! जनयुद्धका पलहरु पानामा उतार्ने हो भने, सहिद, बेपत्ता ,घाइते योद्धा को चित्कार, अाफुले पाएको दुख,ईतिहास मशिले होईन ईतिहास रगतले लेख्ने हो शुनौलो अक्षरमा,पढेर कोही ठूलो हुदैन बुर्जुवा शिक्षा होईन बिश्वबिद्धालय मा भर्ना भएर ब्यबहारीक शिक्षा हाशिल गर्दै अगाडि बढ्ने हो र जनयुद्ध पनि एउटा विश्वविद्यालय हो भनेर परिभाषित गर्यौं र ठुलाठुला भिमकाय युद्ध हरु लड्यौं कतिलाई हासिमजाक लाग्ला तर ती दिन र ती जनयुद्ध ले स्थापित गरेका मुद्दा अाज जनताबाट अस्वीकृत हुने खतरा बढ्दैछ,अबसरबादी र प्रतिकृयाबाद हरु फेरि मुन्टो उठाउने कुचेष्टा गर्दैछ,वास्तबमा जनताको जिबनस्तर नउकास्ने हो भने!जनताको छाना,माना र चुलाको कुरा नगर्ने हो भने ! शिक्षा,स्वास्थ्य र रोजगार को सहज ब्यवस्था नगर्ने हो भने!सम्पुर्ण परिवर्तनको साक्षी जनता नबनाउने हो भने!जनताले बुझ्ने भाषामा माअोबादी र जनयुद्ध यसकारण शहि हो र थियो भनेर शब्द र भाषणमा होईन अाफ्नो जिबनब्यबहारमा अनुभुत हुनेगरी जननिर्वाचित प्रतिनिधि ले गराउन सकेनन् भने कोर्रा अादर्शले मात्रै हुनेवाला केही छैन।तपाईं र मेरो, तपाईं र जनताको दैनिक गतिविधि मेल खान्छ त ? दोषी अरु होइनन् अाफ्नै कार्यशैली र भड्किलो जिबनब्यवहार नै हो भनेर समीक्षा किन नगर्ने!अब नेतृत्वको बारेमा गुलामी गर्ने या सिद्याउने तबरबाट होईन रुपान्तरण गर्ने तवरबाट गर्नुपर्छ भन्ने लाग्छ ।