धादिङको च्याम्रादेविमा पहिलो भोट पालिका अध्यक्ष रामसिंङको

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ४, २०७९

धादिङ । धादिङको रुबीभ्याली गाउँपालिका ३ स्थित च्याम्रादेवि मतदान स्थलमा गाउँपालिका अध्यक्ष रामसिंङ तामाङले पहिलो मतदान गरेका छन् । दुई मतदान रहेको यस मतदान स्थलमा दुई केन्द्र रहेका छन् ।

८७८ पुरुष र ९०० महिला गरी १७७८ जना यस च्याम्रादेवि माध्यामिक विद्यालय च्यात मतदान स्थलमा मतदाता रहेका छन् ।

धादिङ जिल्लामा २ लाख ६५ हजार ९९६ जना मतदाता छन् जसमा पुरुष १ लाख ३५ हजार ४०१ जना र महिला १ लाख ३० हजार ५९४ जना छन् । धादिङमा सबैभन्दा कम मतदाता रुबीभ्यालीको नेवेर आवि नेवेर मतदान केन्द्रमा १७८ जना मात्रै मतदाता रहेका छन् ।