विकास कसरी हुन्छ, हामीलाई थाहा छ, सुरु गरेका पनि छौं -जमकट्टेल

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १, २०७९

धादिङ । विकास र समृद्धि कसरी हुन्छ, हामीलाई राम्रो सँग थाहा छ र सुरु गरेका पनि छौं । विकास र समृद्धिका लागि पहिला संविधानको रक्षा हुनुपर्ने माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् धादिङ क्षेत्र नम्बर १ को प्रदेश २ का उम्मेदवार शालिकराम जकमट्टेले बताएका छन् ।

आज चुनावी प्रचार प्रसारको अन्तिम दिन आफ्नो चुनावी क्षेत्रका विभिन्न ठाउँमा पुगेका जमकट्टेलले अधिकाशं ठाउँमा संविधान रक्षाका लागि गठबन्धन बनेको र प्रत्यक्ष तर्फ गठबन्धनका उम्मेदवारलाई र समानुपातिकमा माओवादी केन्द्रलाई भोट हाल्न आग्रह गरेका थिए ।

विकासका मोडल बनि सकेका छन् कति पय लागु भए कति पय बाँकी छन् अब पुरा हुन्छ त्यसका लागि यो चुनावबाट प्रतिगामीहरु बढारिन आवशेक रहेको भन्दै जकट्टेलले गठबन्धनको एक जना उम्मेदवारले हार्दा मात्रै पनि प्रदेश र केन्द्र सरकार गठनमा प्रभाव पर्न सक्ने भन्दै बहकाममा नभई एजेण्डाका आधारमा मतदान गर्नु पर्ने बताएका थिए ।