धादिङबेसीमा रास्वपाको र्‍याली सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ३०, २०७९

धादिङ । धादिङको सदरमुकाम धादिङबेसीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चनाव प्रचार प्रसारको क्रममा र्‍याली सम्पन्न गरेको छ । धादिङबेसी पुछार बजार देखि सुरुभएको र्‍यालीका क्रममा यो पटक घण्टीमा भोट हाल्न धादिङबेसीका स्थानीयहरुलाई उनीहरुले आग्रह गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय उप सभापति एवमु समानुपातिक उम्मेदवार डीपी अर्यालको नेतृत्वमा सम्पन्न उक्त चुनावी प्रचार प्रसार र्‍यालीमा धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार हिमेश पन्त र क्षेत्र नम्बर २ का उम्मेदवार बसुमायाँ तामाङ लगायत सहभागि थिए ।

र्‍याली सम्पन्न भए सँगै धादिङपोष्ट सँग कुरा गर्दै उप सभापति अर्यालले देशभर घण्टी चु्नाव चिन्हको राम्रो माहौल बनेको छ । अब जनता परिवर्तनको पक्षमा छन्, सुशासनको पक्षमा छन्, भष्ट्रचारको विरुद्धमा छन् तसर्थ यो पटक घण्टी वहाक उम्मेदवारले जित्नेमा ढुक्क रहेको बताए ।