धादिङबेसीमा आज बिहान ८ बजे घण्टी चिन्हको प्रचार प्रसार र्‍याली हुने

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ३०, २०७९

धादिङ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहा ८ बजे धादिङबेसीमा चुनावी चिन्ह प्रचार प्रसारका लागि र्‍याली गर्ने केन्द्रिय उप सभापति डीपी अर्यालले धादिङपोष्टलाई बताए ।

धादिङ क्षेत्र नम्बर १ मा कमेडी च्याम्पियन हिमेश पन्त र धादिङ २ मा बसुमायाँ तामाङलाई प्रत्यक्ष तर्फ उम्मेदवार र समानुपातिक तर्फका धादिङका उम्मेदवारहरु सहभागि हुने उक्त र्‍याली मासप्रर्दशन नभई मात्रै धादिङबेसीका स्थानीयबासीहरु सँग भोट माग्ने कार्यक्रम रहेको उपसभापति अर्यालले बताए ।

उक्त र्‍यालीमा धादिङबेसी आसपास रहनु हुने राष्ट्रिय स्वतन्त्रपार्टीका सुभचिन्तकहरुलाई समेत सहभागी हुन अर्यालले अनुरोध गरेका छन् ।