धादिङमा राजेन्द्र पाण्डे, नवौं पटक चुनावी मैदानमा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ३०, २०७९

धादिङ । पूर्व स्थानीय विकास मन्त्री एवम वागमती प्रदेशका मुख्य मन्त्री तथा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे नवौं पटक धादिङ १ बाट प्रतिनिधिसभा सदस्यको लागि चुनावी प्रतिस्पर्धामा छन् ।

धादिङमा पाण्डेले २०४३, २०४४, २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा चुनावमा उठेका पाण्डेको यो २०७९ को चुनावमा नवौं पटकको उम्मेदवारी हो । २०४३ र २०६४ मा बाहेक अरु सबै चुनाव जितेका पाण्डे यो पटक भने के गर्दछन् हेर्नै बाँकी छ । २०४३ सालमा राष्ट्रिय पंचायतमा पराजित पाण्डे २०६४ सालको चुनावमा माओवादी केन्द्रका नेता शालिकराम जमकट्टेल सँग पराजित भएका थिए ।

यो पटक अर्थात आठौं पटक धादिङ १ बाट प्रतिनिधिसभा सदस्यको लागि पाण्डेले एमाले धादिङका जिलला अध्यक्ष भुमि त्रिपाठी सँग भिड्दै छन् । सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका पाण्डे सहित एमालेबाट भुमी त्रिपाठी, वामपन्थी नेता उत्तम कडेल र चुनाव चिन्ह घण्टी लिएर कमेडी च्याम्पियनबाट उदायका हिमेश पन्त यो क्षेत्रको प्रतिनीधि सभा सदसयका लागि उम्मदवार छन् ।