घण्टीमा भोट माग्दै धादिङका डी. पी. अर्याल

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २९, २०७९

धादिङ । धादिङ ज्वालामुखी गाउँपालिकाका डोलप्रसाद (डीपी) अर्याल, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि खस आर्य क्लस्टरबाट समानुपातिक सूचीमा छन् ।

उनी घण्टी चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति समेत हुन् । उनले करिव एक दशक शिक्षा क्षेत्रको नेतृत्व सम्हालेका थिए । अर्यालसँग पर्यटन क्षेत्रमा २ दशक भन्दा बढि काम गरेको अनुभव छ । जहाँबाट उनले अरबौं विदेशी मुद्रा नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रेमिट्यान्सको रकम सही प्रयोग होस भनेर “रेमिटान्सको रकम उत्पादन क्षेत्रमा लगानी गरौ“ भन्ने नारा सहित देशमा अरबौं रकमको रेमिट्यान्स भित्र्याउन उनले योगदान गरेका छन् । अर्याल सहकारी मार्फत नागरिकको आर्थिक अवस्था उकास्ने सहकारी अभियन्ता समेत हुन् । स्वदेश तथा बिदेशमा समेत लामो ब्याबसायिक अनुभब बोटुलेका अर्याल पार्टीको आन्तरिक ब्यबस्थापनमा समेत महत्वपूर्ण भुमिकामा छन् ।

कालिकोटमा बनेको अस्पताल होस या कोरोना महामारीमा देशै भरी अक्सिजन ब्यबस्थापनमा होस उनको अतुलनीय योगदान छ । आफ्नो ज्यानको बाजी राखेर नागरिक र समाजको लागि उनले काम गरेका थिए । उनले नेपाल र नेपालीको पीडा राम्रोसँग बुझेका छन् ।

देशले उनलाई कति चिनेको छ त्यो थाहा छैन तर नेपालीको अवस्थालाई उनले नजिकबाट चिनेका छन् । उनी दुई दशकभन्दा लामो समय व्यावसायिक गतिविधिमा सीमित रहे । उनले व्यावसायिक यात्राका दौरान आफ्नो परिश्रमले आफूलाई आवश्यक पर्ने नाम र दाम कमाउन सफल भए । तर कमाएको नाम र दामले उनलाई पूर्ण सन्तोषको अनुभूति भने दिन सकेन् । पछिल्लो समय यो अपूर्णताको अनुभूति राष्ट्रप्रतिको चिन्ता भएको निष्कर्षमा उपसभापति अर्याल पुगे ।

देश विदेशमा रहँदा सधैं आफ्नो भूमिमा मौलाएको बेथितिका कारण सिर्जित अवस्थाप्रतिको असन्तोष मात्र नभइ भावी पुस्ताको पीर रहेछ भन्नेमा उनी विश्वस्त थिए । त्यसैले व्यावसायिक व्यवस्थापनमा जति सफलता हासिल गर्न सकेपनि भावी पुस्ताका लागि केही गर्ने कष्ट नगरे सन्ततिले धिक्कार्ने छन, योग्यता क्षमता भइकन पनि देशमा मौलाएको विसंगति टुलुटुलु हेरेर जीवन निजी आर्जनमा रमेर बस्यो भने क्षमताको सही प्रयोग हुने छैन र राष्ट्रमा थितिको सुरुवात गर्न केही त गर्नुपर्छ पर्छ भन्ने हुटहुटीले उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका हुन् । राजनीतिमा प्रवेश सन्ततिको चिन्ताको उपज हो, मातृभूमिप्रतिको स्नेह हो । जीवनलाई सार्थक बनाउने मार्ग हो भन्ने उनको सोच छ ।