वा नेता ज्यु वा ! क्या गज्जब भाषण…

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २७, २०७९
सविन केसी

नेता ज्यु तपाईं भाषण गर्नुस
म ताली बजाउनेछु
तपाईं गला सुक्ने गरि चिच्याउनुस
म झनै उफ्रेर तालि बजाउनेछु
तपाईं छोड्दै नछोड्नुस भाषण गर्न
तालिको सिट्ठि फुक्न
म पनि छोड्दै छोड्दिन

तर बिन्ती मेरो तालिको
अपमान नगरिदिनुस
तपाईलाइ थाहा छ ?
मेरो तालिको अर्थ सम्मान हो
मेरो तालिको अर्थ अपेक्षा हो
अनि मेरो तालिको अर्थ
भोको पेटको चुर्ना मार्ने जोहो पनि हो

म कति दिन देखि भोको थिए
म कति दिन देखि तड्पिरहेको थिए
तपाईं आउनु होला र
मेरो केही जोहो होला भन्ने अपेक्षामा
यी
मेरो दायाँ बायाँ हेर्नुस त
यी कलिला अनुहार हरु
कति पुलकित भए
कति मिठा मुस्कान छरिए

मलाई सोध्दै थिए
बाबा हामी खाना कहिले खाने अब?
मेरो पेटमा केके हिडे जस्तो भो
बाबा हामी खाना कहिले खाने अब?
थाहा छ मैले के भने …?
बाबू ! खानाको लागि हतार नगर
हाम्रो खाने दिन आउदै छ
केही भएनी खुसी छाउदैछ
उ हेर त
उताबाट रातो, कालो, सेतो सबै
झन्डा फहराउदै आए
यिनै हुन हामिलाई खाना खुवाउने
अनि तिम्रो पेटमा केके
हिडे जस्तो भन्थ्यो नि
त्यसलाई हटाउने ।
अब आज बर्षौलाई पुग्ने गरि खाउ ल!

हो नेता ज्यु तपाईं आउनु भयो
एकदिनको लागि म तृप्त भए
मेरा सन्तानले पनि पेट भर्न पाए
तर थाहा छ
यो पेट भराईले अब म
तपाईको अर्को भाषण सम्म
भोको बस्न बाध्य हुन्छु
मेरा सन्तानको पेटमा
फेरि केके हिडे जस्तो हुन्छ
भन्नुस न नेता ज्यु म कसरी हटाईदिउ

मैले तपाईको भाषण सुने
अब देशले काचो फेर्छ रे
बिकासले मुल फुटाउछ रे
समृद्धिले त झनै कायापलट नै पार्छ रे
फेरि सुने
जमिनमा मेट्रो रेल ,
दाता बायाँ सुन्दर करिडोर
जमिन मुनि सुरुङ्ग मार्ग,
बाहिर चिल्ला सडक
आफ्नै समुन्द्री पारबहन,
आकासमा आफ्नै स्याटेलाईट ,
चुला चुलामा ज्ञास पाईपलाईन
अहो
उद्योग धन्दाको स्वर्णिम युग बनाउने रे
सबै जनतालाई सुखी र समृद्ध बनाउने रे
गरिब कोहि नरहने ,भोका कोहि नहुने
सबै समान , बिभेध कतै नरहने रे
हात हातमा जागिरको पत्र थमाईने रे
साच्चै क्या गज्जबको भाषण…

तर नेता ज्यु….
बिगतले वर्तमानलाइ खर्लप्पै खाईदियो
हेर्नुस त ! बिगतका तपाईका
भाषणका सुन्दर सपनाहरु
हेर्नुस त! आश्वासनका ठेलिहरु
अनि हेर्नुस त
समृद्धिका कती मिठा वाणिहरु
आज फेरि तिनै पुलिन्दा
हरु मैले सुन्न पाए
मेरा कान हरु तृप्त भए ,
अखाले सुन्दर दृश्य कैद गर्‍यो
एक्छिन त म स्वर्गै पुगे जस्तो भए
वा नेता ज्यु वा! क्या गज्जबको भाषण…

तर नि नेता ज्यु
मेरो मनले ती कुनै गुन्जायस
महसुस गर्नै सकेन
न तिनलाई स्विकार्न नै सक्यो
किन कि खोक्रा आश्वासन र
सपनाका झुठा ठेलीहरुको चाङले
मेरो मन घाईते बनेको छ
तपाईले दिनुभएको एक छाक खानाले
म सधै भोको बस्नु परेको छ ।
मेरा सन्तानको पेटमा सधै
के के हिडे जस्तो भैरहेको छ ।
के यहि थियो र
तपाईको भषणको सम्मानमा
मैले दिएको तालिको अर्थ
के यहि थियो र
तपाईको भाषणबाट मेरो अपेक्षा ?

हो नेता ज्यु
आज तपाइले जित्नु भो मैले हारे
तपाईको जितको दिनमा
मेरो हारको के कुरा गर्नु
त्यसैले
भो छोड्दिनुस नेता ज्यु
मेरो तालिको सम्मान
मेरा अपेक्षा , मेरा सपना
सबै छोड्दिनुस..
मात्र भाषण गर्नुस ताली म बजाउने छु

नेता न्यु भषण गर्दा माथी हेर्नुस
तल हेरेर झुकेको तपाईलाई सुहाउदैन
भनिन्छ नि ! मान्छेले झुक्नु हुदैन
अझ नेताले त झुक्नु हुँदै हुदैन
झुक्नलाई त म छदै छु नि
उहीँ तपाईको शुभ चिन्तक म के त

बरु बिन्ती नेता ज्यु
यसपालि पनि माथी हेरेरै
झुठका ठेलिहरु पस्कनुस
सपना हरु बाड्नुस
आश्वासन मै भए पनि
मुलुकलाई समृद्ध र विकशीत बनाउनुस
मेरा कानले चुप चाप सुन्नेछन
अनि म भन्नेछु
वा नेता ज्यु वा क्य गज्जब भषण….
म त फिदा भए
तर थाहा छ नेता ज्यु
मेरो मन सधै रोईरह्यो अनि रोईरहनेछ

र म भन्छु नेता ज्यु
मेरो औलाले तपाईको
चुनाब चिन्हमा भोट हाली सक्यो
तपाईको जित सुनिश्चित छ
जितको खुसिमा तपाईको
गला मालाले भरिएला
निधार अक्षताको झुप्पाले भरिएला
तपाईं निधार खुम्च्याउदै चिच्याई चिच्याई
भाषण गर्नुहोला
अनि तपाईका निधारका
ती अक्षताका गुच्छाहरु
भुइमा तपाईको खुट्टै नीर खस्लान

तर बिन्ती नेता ज्यु
तपाई निहुरिएर
तपाईको खुट्टा वरिपरि खसेका
ती अक्षतालाई
हेर्दै नकुल्चनुस
किनकि
तपाईको खुट्टा वरिपरिको तिनै
अक्षता बटुलेर एक छाक भए पनि
म अनि मेरा यी सन्तानको खालि पेट भर्नु छ……