पोस्ट डेंगु संक्रमण बढ्दो

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७९

काठमाडौं । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दैनिक डेंगु संक्रमणदर घट्दै गए पनि अस्पतालमा पोस्ट डेंगु सिन्ड्रोमका समस्या लिएर आउनेहरूको चाप घट्न सकेको छैन । वीर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा. एसपी ढकाल भन्छन्, ‘अहिले ओपिडीमा आउनेको चाप बढेको छ । जसमध्ये अधिकांश बिरामी कमजोरीपन, थकान, ज्वरो, खाना नरुच्ने समस्या लिएर आउने गरेका छन् ।’

वीरमा मात्रै नभई शुक्रराज ट्रपिकल, टिचिङ, कान्ति, भक्तपुर, सिभिल, पाटन अस्पताललगायतका ओपिडीमा फलोअपमा आउने बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन् । टिचिङका डा. नीरज बमका अनुसार संक्रमणका कारण गम्भीर स्वास्थ्य समस्या देखिएका बिरामीमध्ये १५ देखि २५ प्रतिशतसम्ममा पोस्ट सिन्ड्रोम देखिने गरेको छ । नयाँ पत्रिकाबाट