सिद्धलेक कार्यपालिकामा एमाले सँग मिल्नु एकीकृत समाजवादीद्वारा गल्ती स्वीकार

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २४, २०७९

धादिङ । धादिङ सिद्धलेक गाउँपालिकाको कार्यपालिकाको चुनावमा एमाले सँग मिल्नु गल्ती भएको एकीकृत समाजवादी सिद्धलेकले स्वीकार गरेको छ । सत्तागठबन्धनको साझेदार पार्टी एकीकृत समाजवादीले सिद्धलेकको कार्यपालिकाको चुनावमा एमाले सँग मिलेपछि रुष्ट बनेका कांग्रेस र माओवादीले आज गल्ती स्वीकार गर्न लगाएका हुन् ।

एकीकृत समाजवादी सिद्धलेकले गल्ती स्वीकार नगरे धादिङ क्षेत्र नम्बर १ का एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेलाई अफ्ठ्यारो पर्ने कांग्रेस माओवादीले बताए सँगै एकीकृत समाजवादीले एमाले सँग मिल्नु गल्ती स्वीकार गरेको हो ।

एकीकृत समाजवादी सिद्धलेकले गल्ती स्वीकार गरे सँगै सिद्धलेकका सत्ता गठबन्धनका तीन दलले आज विज्ञप्ती जारी गरेका छन् । विज्ञप्ती जारी गर्दै मंसिर ४ को चुनावमा प्रत्यक्ष तर्फ साझा उम्मेदवारलाई मतदान गर्ने र समानुपातिक तर्फ आ आफ्नो पार्टीलाई मतदान गर्ने सहमति भएको जनाएका छन् ।

विज्ञप्ती जस्ताको तस्तैः