धादिङको लगनशिल आज सी डिभिजन छनोटको नकआउट खेल खेल्दै

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २२, २०७९

धादिङ । शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको लिग चरणमा समुह विजेता बनेको धादिङ ज्वालामुखीको लगनशिल युवा क्लव आज नकआउट चरणको खेल खेल्दै छ । ग्रुप डी बाट नकआउट चरणमा पुगेको कालिका महाविर स्पोर्टस क्लव बीच धादिङको लगनशिलले आज ११:१५ बजे एन्फा कम्प्लेक्सको मैदानमा खेल्ने भएको हो ।

नकआउट चरण प्रवेसका लागि ग्रुप ई मा रहेको धादिङको लगनशिलले असोज ११ गते सानो गौचरण काठमाडौं सँग बराबरी खेलेको थियो भने असोज १४ गते सिद्धि मेमोरियल भक्तपुरलाई पराजित गरेको थियो ।
सी डिभिजन लिगको छनोट प्रतियोगितामा धादिङबाट दुई क्लव ज्वालामुखीको लगनशिल र धुनीबेसीको बच्छलादेवि युथ क्लव सहभागि भएकोमा बच्छलादेवि लिगचरण पार गर्न सकेन भने लगनशिल आफ्रनो ग्रुप विजेता बन्दै नकआउट चरणको खेल खेल्दैछ ।

गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए तर छनोटमा भने पर्न सकेका थिएनन् ।