धादिङ सत्ता गठबन्धनका उम्मेदवारका फेसबुक सर्च, कांग्रेसका उम्मेदवार एकल भोट माग्दै

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २७, २०७९

धादिङ । धादिङमा सत्ता गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी तालमेल गरि प्रत्यक्ष तर्फ साझा उम्मेदवारी खडा गरेपनि कांग्रेसका उम्मेदवारले आफ्नो फेसबुकमा एकल भोट मागेको पाईएको छ । धादिङ क्षेत्र नम्बर २ को प्रदेश (क) मा गठबन्धनको साझा उम्मेदवारका रुपमा कांग्रेसका गोविन्द लम्साल उम्मेदवार छन् । उनले आफ्नो फेसबुकमा एकल रुख चिन्हलाई भोट मागेका छन् भने धादिङ क्षेत्र नम्बर १ को प्रदेश (क) बाटै गठबन्धनको साझा उम्मेदवारका बनेका कांग्रेसका मदुकुमार श्रेष्ठले पनि आफ्नो फेसबुकमा एकल भोट मागेका छन् ।

माओवादीका धादिङ जिल्ला इन्चार्ज एवम् धादिङ क्षेत्र नम्बर १ को (ख) उम्मेदवार शालिकराम जमकट्टेलले कुनै स्टाटस लेखेका छैनन् तर उनले शालिकराम जमकट्टेल जिताऔं भन्ने पेजबाट आफुलाई भोट मागेको प्रचार सामाग्री सेयर गरेका छन् । यस्तै धादिङ क्षेत्र नम्बर २ को (ख) मा गठबन्धनका उम्मदवार बनेका माओवादीका जगत सिंखडाले भने अफ्नो फेसबुकमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रामनाथ अधिकारीले आफै कुनै पोष्ट गरेका छैनन् तर उनको फेसबुकमा कांग्रेस कार्यकर्ताहरुले कांग्रेस उम्मेदवारलाई जिताउन आव्हान गरेको प्रसस्त प्रचार सामाग्रीहरु पोष्ट छन् । उता एकीकृत सामाजवादीका राजेन्द्र पाण्डे गठबन्धनबाट धादिङ क्षेत्र नम्बर १ मा उम्मेदवार छन् उनले हाल सम्म कुनै प्रचार सामाग्री आफ्नो फेसबुक वालमा पोष्ट गरेका छैनन् ।