
धादिङ । धादिङका सत्ता गठबन्धनका दलहरुको चुनाव केन्द्रित बैठक गजुरीमा सम्पन्न भएको छ । बैठकले संघ, प्रदेश, गाउँपालिका सम्म निर्वाचन परिचालन कमिटी बनाउने निर्णय गरेको छ । प्रदेश स्तरको अगुवा कार्यकर्ताहरुको संयुक्त भेलाहरु गर्ने, अझै कति पय उम्मेदवार वागी जस्ता देखिएका छन् उनीहरुलाई ब्याक गराउने निर्णय गरेको वैठकमा सहभागि एक नेताले बताए ।
बैठकमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका शालिकराम जमकट्टेल, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे लगायत ३ नै पार्टीका नेताहरु सहभागि थिए ।









































