धादिङमा सत्ता गठबन्धनको बैठक बस्दै

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २७, २०७९

धादिङ । धादिङमा सत्ता गठबन्धनमा रहेका दलहरुको बैठक आज गजुरीमा बस्ने भएको छ । सत्ता गठबन्धन धादिङका सिनियर नेताहरुको सहभागिता रहने बैठक बिहान ८ बजे तय भएको माओवादी केन्द्र धादिङका संयोजक मनराज भण्डारीले बताए ।

बैठक मंसिर ४ गतेको निर्वाचन केन्द्रित रहनेर गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउने रणनिति तय गर्ने बताईएको छ बैठकमा नेपाली कांग्रस धादिङका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका इन्चार्ज शालिकराम जकमट्टे र एकीकृत समाजवादीका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पाण्डेको समेत उपस्थिति रहने बताईएको छ ।