सी डिभिजन लिग छनोटमा आज धादिङको बच्छलादेवि युथ क्लव, झापा सँग खेल्दै

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज २५, २०७९

धादिङ । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता अन्तरगत आज दिउँसो बच्छलादेवि युथ क्लव, धुनीबेसी झापा फुटबल क्लव सँग ३ः३० बजे खेल्दैछ । आजको प्रतियोगिताको लागि सफलताको शुभकामना दिँदै धुनीबेसी नगरपालिकाका मेयरले बल दिएर विधाई गरेका थिए । क्लवका सागर हमालका अनुसार धादिङको टिम निरन्तर अभ्यास पछि आज झापा सँग खेल्न काठमाडौं पुगेको छ ।

‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता रहेको र एन्फाले २० समुह बनाएर प्रतियोगिता गरि रहेको छ । जस अन्तरगत आज समुह आईको ३ नम्बरमा रहेको धादिङ धुनीबेसीको बच्छलादेवि युथ क्लवले यसै ग्रपको पहिलो नम्बरमा रहेको झापा फुटबल क्लव सँग खेल्ने भएको हो । धादिङ धुनीबेसीको बच्छलादेवि युथ क्लवले अर्को खेल यहि समुहको २ नम्बरमा रहेको गोर्खा स्पोर्टस क्लव सँग असोज २७ गते ३ः३० बजे खेल्ने छ । ३ टीम बीच हुने लिगबाट विजेता टिम नकआउट चरण प्रवेस गर्ने छन् ।

धादिङबाटै सहभागि अर्को ज्वालामुखीको लगनशिल युवा क्लव भने समुह विजेता बन्दै नकआउट चरण प्रवेस गरि सेको छ । गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगनशिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए तर छनोटमा भने पर्न सकेका थिएनन् । यो वर्ष धादिङबाट दुई क्लवले मात्रै सी डिभिजन लिग छनोट खेलिरहेका छन् ।