खनियाबासमा १० किलो मिटर दौड सुरु

Avatar photo
Dhadingpost
आइतवार, अशोज १६, २०७९

धादिङ । धादिङको खनियाबास गाउँपालिका ५ सत्यदेविमा विजया दशमिको अवसरमा आज १० किलो मिटरको खुल्ला दौड प्रतियोगिता सुरुभएको छ ।

गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको प्रमुख आतिथ्यिता, गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ र जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङको विशेष आतिथ्यता रहेको उक्त दौड प्रतियोगिताको आयोजना गोम्पोङ समाज खनियाबासले गरेको हो ।

पञ्चायत विरुद्धको आन्दोलनमा २०१८ सालमा ज्यान गुमाएका धादिङका प्रथम सहिद छेज्यु तामाङ स्मृतिमा आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले १० हजार तृतिय हुनेले ५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ४४ जना सहभागि छन् । सबैलाई सहभागिहरुलाई पूर्व मन्त्री दिलमान पाख्रिनको तर्फबाट १-१ हजार प्रदान गरिएको छ ।