गजुरी क्रिकेट विकास समिति गठन

Avatar photo
Dhadingpost
शनिबार, अशोज ८, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकामा यस अघि राम्जी गिरीको अध्यक्षतामा सिद्धलेक क्रिकेट विकास समिति गठन भए सँगै आज गजुरी गाउँपालिका स्तरीय गजुरी क्रिकेट विकास समिति गठन भएको छ ।

क्रिकेट संघ धादिङका सचिव सन्दिप सापकोटाको रहोवरमा सम्पन्न भएको भेलाले ९ सदस्यीय गजुरी क्रिकेट विकास समिति गजुरीको तदर्थ समिति गठन गरेको हो ।

भेलाले अध्यक्षमा भिषण खरेल, उपाध्यक्षमा प्रविण सिल्वाल, कोषाध्यक्षमा पुकार खतिवडा, सचिवमा दिपक भण्डारी र सदस्यहरुमा सरोज घिमिरे, सानु घले, निरोज रिजाल, रोशन गुरुङ, विवेक अधिकारी रहेको क्रिकेट विकास समिति गजुरीको तदर्थ समिति गठन गरेको हो ।