राम्जी गिरीकाे अध्यक्षतामा सिद्धलेक क्रिकेट विकास समिति गठन

Avatar photo
Dhadingpost
आइतवार, अशोज २, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्तरीय क्रिकेट विकास समितिकाे अध्यक्षमा राम्जी गिरी चयन भएका छन् ।

जिल्ला क्रीकेट संघ धादिङका उपाध्यक्ष नारायण सिलवालकाे प्रमुख अातिथ्यतामा भएकाे पालिका स्तरीय भेलाले राम्जी गिरीकाे अध्यक्षतामा ७ सदस्यीय सिद्धलेक क्रिकेट विकास समिति गठन गरेकाे हाे ।

भेलाबाट समितिको उपाध्यक्षमा राजुमान माझी, सचिवमा सुजन गिरी, कोषाध्यक्षमा सानिया गिरी र सदस्यहरुमा आरम्भ तिमिल्सीना र नवराज नेपाललाई चयन गरेकाे छ ।