नलाङ खिर्रेमा भलिबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज ७, २०७९

धादिङ । सिद्धलेक गाउँपालिका २ स्थित नलाङ खिर्रेमा असोज २१ गते देखि २३ गते सम्म अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता र मैत्रिपुर्ण महिला भलिबल हुने भएको छ ।

तमु युवा समाज, सिद्धलेकको आयोजनामा हुन लागेको उक्त भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई १ लाख, द्वितियलाई ५० हजार र तृतियलाई ३० हजार रहेको छ ।

प्रतियोगितमा जुनसुकै पालिकाले पनि भाग लिन पाउने र ३ जना खेलाडी जुन सुकै जिल्लाको राखेपनि अन्य खेलाडी संबन्धीत पालिकाकै हुनुपर्ने आयोजकले जनाएको छ ।