धादिङबाट दुई क्लव सी डिभिजन लिग छनोटमा सहभागी (खेलतालिका समेत)

Avatar photo
Dhadingpost
बुधबार, अशोज ५, २०७९

धादिङ । शहीद स्मारक सी डिभिजन लिगको छनोट प्रतियोगिता यहि भदौ ६ गते देखि एन्फा कम्प्लेक्समा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को यो छनोट प्रतियोगितामा धादिङबाट दुई क्लवले प्रतिस्पर्धा गर्ने भएका छन् ।

‘सी’ डिभिजन लिग छनोटमा ६० क्लबको सहभागिता जनाउने छन् । जसमा धादिङका दुई क्लवहरु बच्छलादेवि युथ क्लव, धुनीबेसी र लगनशिल युवा क्लव ज्वालामुखी रहेका छन् । एन्फले जारी गरेको खेल तालिका अनुसार लगनशिल युवा क्लव ज्वालामुखी ग्रुप ई को २ मा परेको छ ।

सहभागी क्लबलाई २० समूहमा विभाजन गरिएको छ । एउटा समूहमा तीन टोली छन् । छनोट खेल असोज ६ गतेदेखि कात्तिक २४ गतेसम्म चल्नेछ । हरेक समूहको विजेता नकआउट चरणमा प्रवेश गर्नेछ । ज्वालामुखी ग्रुप इ को २ नम्बरमा परेको छ, भने बच्छलादेवि युथ क्लव, धुनीबेसी ग्रुप आईको ३ नम्बरमा परेको छ ।

लगनशिल युवा क्लव ज्वालामुखीले पहिलो खेल असोज ११ गते १२ः१५ बजे सानो गौचरन काठमाडौं सँग खेल्ने छ भने दोस्रो खेल असोज १४ गते १२ः१५ सिद्धि मेमोरियल भक्तपुर सँग खेल्ने छ, यस्तै बच्छलादेवि युथ क्लवको पहिलो खेल असोज २३ गते झापा फुटबल क्लव सँग १५ः३० बजे र दोस्रो खेल असोज २५ गते गोरक्षा स्पोर्टस क्लव बीच १५ः३० बजे हुनेछ ।

गत वर्षको छनोटमा धादिङबाट चक्रदेवी सामुदायीक समाज नलाङ सिद्धलेक, लगन्सिल युवा क्लव ज्वालामुखी र शुभारम्भ युवा समाज गल्छीले भाग लिएका थिए तर छनोटमा भने पर्न सकेका थिएनन् ।