नेत्रावती डबजाेङ ब्याडमिन्टन प्रतियाेगिता असाेज ४ गते देखि हुन

Avatar photo
Dhadingpost
सोमवार, अशोज ३, २०७९

धादिङ । धादिङ जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउपालिकाकाे आर्थिक सहयाेगमा काठमाण्डाैमा “प्रथम नेत्रावती डबजाेङ ब्याडमिन्टन प्रतियाेगिता-२०७९” हुने भएकाे छ ।

मार्पाक भेट्रान्स ब्याडमिन्टन टिमकाे सक्रियतामा हुन गईरहेकाे ब्याडमिन्टन प्रतियाेगिता काठमाण्डाैकाे तारकेश्वर नगरपालिका वडा नं. ४ मा रहेकाे हरियाली समाजकाे काेर्टमा यहि अशाेज ४ र ५ गते हुने प्रतियाेगितामा नेत्रावती डबजाेङ्ग गाउपालिकाका खेलाडीहरुले सहभागिता जनाउन सक्ने प्रतियाेगिता संयाेजक गाेपी अधिकारीले जानकारी दिनुभयाे ।

जाेडिमा खेलाईने प्रतियाेगिताकाे च्याम्पियन हुने जाेडीले नगद पुरस्कार सहित १-१ वटा ट्रफी, मेडल र प्रमाणपत्र साथै उपबिजेता हुने जाेडीले नगद पुरस्कार सहित मेडल र प्रमाणणपत्र प्राप्त गर्ने र प्रतियाेगिताकाे असाेज ४ गते उदघाटन भई ५ गते समापन तथा पुरस्कार बितरण कार्यक्रम राखिएकाे प्रतियाेगिता ब्यबस्थापक हस्त ब. गुरुङ्गले जानकारी दिनुभयाे ।

नेत्रावती डबजाेङ गाउपालिकाका ५ वटै वडाका खेलाडीहरुकाे सहभागिता रहनेे प्रतियाेगितामा नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं. १ का बडाध्यक्ष ठाकुर गुरुङ्ग, गाउपालिकाका प्रमुख मेघनाथ रिजाल साथै तारकेश्वर नगरपालिकाका उपमेयर सृजना बुर्लाकाेटी (अर्याल) लगायतकाे उपस्थिती रहने आयाेजकले जनाएकाे छ ।