राष्ट्रिय कविता महोत्सवमा धादिङका पाण्डेको कविता ‘आगोमा फुलेको देश’ द्वितीय

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २८, २०७९

धादिङ । नेपाल प्रज्ञा प्रतिष्ठानले वार्षिक रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवमा यसवर्ष धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित खहरे अचने टारका यात्रीप्रकाश पाण्डेको कविता ‘आगोमा फुलेको देश’ द्वितीय भएको छ । पाण्डे नेपाली सेनामा कार्यरत छन् ।

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ ।भक्तपुरकी सीता तुम्खेवाको ‘चरिसो फूल’, सुनसरीका किरन सिवाको ‘बुबाको सिलाई मेसिन’ र अछामका कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ शीर्षकका कविता तृतीय भए थिए ।

असार पहलो साता भएको उक्त महोत्सवमा उल्लेखित कविताका कविहरू पुरस्कारका लागि छनोट भएका थिए उनीहरुलाई सोमबार एक विशेष कार्यक्रमको आयोजना गरि राराष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट पुरस्कार प्रदान गरिएको थियो ।