गजुरी गाउँपालिकाद्वारा खेलाडी सम्मान तथा बक्तृत्वकला र हस्तलेखन प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ २४, २०७९

धादिङ । गजुरी गाउँपालिकाले ५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा खेलाडीलाई नगद सहित सम्मान तथा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतित्थता तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको विशेष आतित्थ्यतामा उक्त कार्यक्रम भएको हो । सम्मानित सबै खेलाडीहरुलाई नगद ५ हजार गाउँपालिकाले प्रदान गरेको छ ।

सुजन भण्डारीका अनुसार सम्मानित हुने खेलाडीहरु निम्न छन् ।

  • कविता बस्नेत, वागमती प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगितामा प्रथम
  • आशिष राना मगर, वागमती प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिता तृतीय
  • रञ्जिता दुरा, वागमती प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता द्वितीय
  • शान्ति नेपाली, वागमती प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता द्वितीय
  • दुर्गा अधिकारी, वागमती प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता द्वितीय
  • कमला घले, वागमतीप्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता द्वितीय
  • पार्वतीघले, वागमती प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता द्वितीय
  • रितु घले वागमती प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता द्वितीय
  • गोविन्द श्रेष्ठ जिल्ला स्तरीय टेवल टेनिस प्रतियोगिता प्रथम
  • सुधिर खरेल जिल्लास्तरीय टेवल टेनिस प्रतियोगिता द्वितीय
  • सन्देश डल्लाकोटी जिल्ला स्तरीय टेवल टेनिस प्रतियोगित तृतीय

जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता प्रथम भएका खेलाडीहरु
मनिष पण्डित, प्रदीप गिरी, उज्वल थापा, रोशन गरुङ, भीषण खरेल, फिरोज डल्लाकोटी, सफल डल्लाकोटी, सुरेन्द्र मगर, निरोज रिजाल, सन्देश सापकोटा, सनम सापकोटा, सविन उप्रेती, विवेक तामाङ, सक्षम खरेल, अशोक थापा, सानु घले र सुजित खतिवडा

खेल क्षेत्रमा योनदान पुर्याए वापत सम्मान
संगीत श्रेष्ठ, भलिबल
सीता श्रेष्ठ, भलिबल
सन्दीप सापकोटा, टेबलटेनिस
दीपक राना, फुुटबल
दिवस सागर श्रेष्ठ, खेलकुद व्यवस्थाक

विद्यालय शिक्षाका विभिन्न पदहरुमा रही योगदान पुर्याउने व्यक्तिवत्वहरुलाई सम्मान
गोपालबहादुर अधिकारी विद्यालय सहायक कर्मचारी भानुभक्तमावि
रामदेवी सेढाई विद्यालय सहायक कर्मचारी छेपाङ मावि
टंकप्रसाद सिलवाल शिक्षक आदर्श मावि

आधारभूत तह स्तरीय हस्तलेखल प्रतियोगिताको नतिजा
अहिला कुमारी राम प्रथम आदर्श मावि
प्रशंसा खरेल, द्वितीय, मुनाल एकेडेमी
शर्मिला श्रेष्ठ,तृतीय गजुरी पिँडामावि
माध्यमिकतह स्तरीय वक्तृत्व कला प्रतियोगिता (छात्र)
अभिनय सिलवाल प्रथम मुनाल एकेडेमी
सिर्जन तामाङ द्वितीय डोलभञ्ज्याङ मावि
दिपेन्द्र कुमार श्रेष्ठ तृतीय गजुरी पिँडामावि
माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता (छात्रा)
जानुका चेपाङ प्रथम छेपाङ मावि
विनिता घिमिरे द्वितीय डोलभञ्ज्याङ मावि
देविका नेपाल तृतीय मुनाल एकेडेमी

गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको अध्यक्षता भएको उक्त कार्यक्रममा, स्थानीय पार्टी प्रतिनीधिहरु, वडाध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।