
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाको खेलकुद शाखाले नगरपालिका स्तरीय खेलकुद तदर्थ समिति गठन गरेको छ ।
नगरपालिकाले धादिङबेसी स्थित न्यू किबो बोर्डिङका शिक्षक एवम् जिल्ला भलिबल संघका महासचिव समेत रहेका विकास कोईरालाको अध्यक्षमा नगरपालिका स्तरीय खेलकुद तदर्थ समिति गठन गरिएको खेलकुद शाखाका संयोजक नारायण प्रसाद वाग्लेले जनाएका छन् ।
समितिका उपाध्यक्षमा प्रदिप गिरी र श्रीकृष्ण भण्डारी, सचिवमा अनिश अधिकारी र कोषाध्याक्ष डेनिड विक सहित१७ सदस्य रहेका छन् ।
