धादिङका खेलाडी मुकेश ललितपुर खेलकुद विकास समितिद्वारा सम्मानित

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १६, २०७९

धादिङ । धादिङ धुनीबेसी नगरपालिका २ छत्रेदेउराली निवासी मुकेश लुईटेल खत्रीले एक साता अघि भु्टानमा सम्पन्न दक्षिण एशिया स्तरीय किक बक्सिङ् प्रतियोगितामा बंगलादेशलाई हराउँदै स्वर्ण पदक जितेका थिए ।

स्वार्ण पदक जितेर नेपाली किक बक्सिङ्को उचाई कायम गरेको भन्दै ललितपुर जिल्ला खेलकुद विकास समितिले आज मुकेशलाई नगद सहित सम्मान गरेको हो । ललितपुर जिल्ला खेलकुद बिकास समितीद्वारा आयोजित”नवौं राष्ट्रिय खेलकुद खेलकुद प्रतियोगिताको” लागि पोशाक वितरण कार्यक्रममा धादिङका मुकेशलाई ५ हजार नगद सहित सम्मान गरिएको हो ।

भुटानमा २०२२ अगष्ट २०-२१ तारिकका दिन भएको दक्षिण एशिया स्तरीय किक बक्सिङ् प्रतियोगितामा नेपालको प्रतिनीधित्व गर्दै गएका मुकेशले पहिलो फाईट भारतलाई र सेसिफाईनलमा भुटानलाई हराउँदै फाईनलमा बंगलादेशलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

Nepal National Muay Thai Association Kathamandu मा रहेर किक बक्सिङ् खेल्ने धादिङका मुकेशले उक्त प्रतियोगितामा ६० केजी तौल समुह तर्फ प्रतिपर्धा गरेका थिए ।