गजुरीबजार र मलेखुमा भोली कलाकार ल्याउन होडबाजी को कता आउने

Avatar photo
Dhadingpost
सोमवार, भदौ १३, २०७९

धादिङ । गजुरी गाउँपालिकाको गजुरी बजार र मलेखु भित्रि बजारमा हुने तीज विशेष सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार ल्याउन होडबाजी जस्तै देखिएको छ । ५ किलो मिटरको दुरीमा हुने यी दुई कार्यक्रमका लागि आयोजकहरुले राष्ट्रिय कलाकारको नाम जोडेर प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

विभिन्न सामाजिक गतिविधिमा उपस्थिति जनाउँदै आएको जलेश्वर आमा समुह र गजुरी सामुदायीक विकास समितिले गजुरी बजारमा गर्ने कार्यक्रममा बविता बानिया (जेरी), रामजी खाँण, जोगिन्दर पानवाल, सुरेन्द्र केसी (मुला साग) लोक गायक/गायीकहरु सरोज अधिकारी, कुशल बेलबासे, सागर विसी, प्रताप दास, शंकर क्षेत्री, सुमित्रा भट्टराई, विजय बानियाँ अस्मिता भुजेल र डान्सर माया उपरकोटी लगायतका कलाकार आउने बताईएको छ ।

यस्तै विगत केहि वर्ष देखि मलेखु भित्रिबजारमा तीज विशेष कार्यक्रम गर्दै आईरहेको भद्रकाली सामुदायीक विकास समाजले गर्ने कार्यक्रममा बल्छी ध्रुवे, लोक गायक-गायीकाहरु विष्णु खत्री, रामजी खाँण, मनमायाँ वाईवा, सुमित्रा तामाङ, पुजन घिमिरे, रेनुका भट्टराई, गिता रोक्का, पप गायक प्रेम परियार आउने बताईएको छ ।

कार्यक्रमका आयोजक दुईले आफ्नो पोष्टरको २ नम्बरमा राम खाँझको फोटो राखेको देखिन्छ । दुबैले रामजी खाँण आफ्नो कार्यक्रममा आउने दावी गरेका छन् भने नजिकको दुरीमा हुने यो दुई मध्य कुन कार्यक्रममा खाँड जाने हुन् त्यो भोली नै टुङ्गो लाग्ने देखिन्छ ।