विपिन कडेलको गोलको वर्षा सँगै, १२ गोल गर्दै गजुरीको विजयी सुरुवात

Avatar photo
Dhadingpost
बिहिबार, भदौ ९, २०७९

धादिङ । धादिङको गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा आजबाट सुरुभएको फुटबल प्रतियोगितामा विपिन कडेलको गोलको वर्षा सँगै गजुरी सामुदायीक विकास समाजले विजयी सुरुवात गरेको छ ।

विपिन कडेलले एकल ५ गोल गरेका थिए भने दनियल राना २, मनिश नेपाल २ गोल, शैलेन्द्र लामा १ गोल, जिन डल्लाकोटी १ र विपक्षी आत्म घाती १ गोल सहित गजुरी सामुदायी विकास समितिले आयोजक गलौंदी युवा समाज बी लाई पराजित गरेको थियो । गजुरी साविसको १२ गोलको विरुद्ध गलौंदी बीले १ गोल पनि गर्न नसकि प्रतियोगिताबाट बाहिरिएको छ ।

आयोजक संस्थाका रविन्द्र सापकोटका अनुसार आजै भएको दोस्रो खेलमा ताल्ती युवा क्लव को २ गोलका विरुद्ध ३ गोल गर्दै अरुणोदय युवा क्लव ए विजयी भएको छ । ताल्तीका लागि श्रीराम तामाङले २ गोल गरेकाथिए भने अरुणोदयको लागि रविसागर मगर १ र सञ्जिव तामाङले २ गोल गरेका थिए ।

यस्तै आजै भएको तेस्रो खेलमा घाटबेसीले भद्रकाली युवा क्लव मलेखुलाई पराजित गरेको छ । जितका लागि घाटबेसीले मलेखुको ४ गोलको विरुद्ध ५ गोल गरेको थियो । घाटबेसीका लागि रञ्जन पुनले २, मिसन लामा १ सुमित डंगोल १, उत्सव शर्माले १ गोल गरेका थिए भने भद्रकालीका लागि सुरज प्रजा २, निरुज सिल्वाल १ र दिपक मगरले १ गोल गरेका थिए ।

यस प्रतियोगिताको विजेता टिमले ३० हजार र उप विजेता टिमले १५ हजार नगद जित्ने अरुण सुवेदीले धादिङपोष्टलाई बताए । प्रतियोगिताको फाईलन भाद्र १२ गते हुने जनाईएको छ । (भद्रकाली विरुद्ध घाटबेसी हुनुपर्नेमा धुनीबेसी भएकोमा सच्याईएको छ -सम्पादक)

भाद्र१० गते को खेल तालिका
४. बेनिघाट युवा क्लव vs अरुणोदय क्लव
५. किराञ्चोक फुटबल क्लव vs सीटीभीटी फुटबल टिम
६. केउरेनी युवा क्लव vs सिमटार फुटबल टिम
७. चालिसे फुटबल टिम vs चिल आउट
८. गलौंदी युवाक्लव ए