सिमबेसी-आगिञ्चोक सडक २७ करोडमा कालेपत्र हुने, प्रदेश सांसद जगत सिंखडाद्वारा शिलान्यास

Avatar photo
Dhadingpost
बुधबार, भदौ ८, २०७९

धादिङ । त्रिपुरासुन्दरीको सिमबेसी-गोलाङ आगिञ्चोक-बेलुङभञ्ज्याङ देखि गंगाजमुनाको फुलखर्क-गुम्दी सडकको सिमबेसी देखि साढें ७ किलोमिटर सडक २७ करोड ३० लाखमा कालोपत्र हुने भएको छ । उक्त निमार्ण कार्यको लागि आज एक कार्यक्रमका बीच बागमती प्रदेशका सांसद जगत सिंखडाले शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रममा बोल्दै प्रदेशका सांसद जगत सिंखडाले अहिले करिव साढें २७ करोडको काम हुन्छ । यसको निमार्ण अवधी ३ वर्षको हो । स्टमेट अनुसारको काम र समय सिमा हेरेर काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् ।

विगत २५ वर्ष देखि हुन नसकेका काम आफूले ५ वर्षे कार्यकालमा गरेको दावी गर्दै, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, विद्युतिकरण, उत्तरी धादिङको सडक संजाल जस्ता विकासका संरचनालाई हेरे पुग्ने समेत प्रदेश सांसद सिंखडाले दावी गरे ।

उत्तरी धादिङको मुहार नै मेरो कार्यकालमा फेरिएको छ, चुनावका बेला आफुले गरेका प्रतिवद्धता अक्षरस कार्यन्वयमा लगेको दावी गर्दै । उत्तरी धादिङलाई सडक संजाल सँग जोड्न बिभिन्न ठाउँहरुमा ६ वडा पक्की पुलहरु बनिसकेको र अबको केहि महिनामा लापामा बस पुग्ने समेत उनले बताए ।

कार्यक्रममा बोल्दै ठेकेदार कम्पनी गौरी पार्वती त्रिपुरासुन्दरी अम्बुजा जेभी का कमल पाण्डेले आफू स्थानीय नै भएकोले कामको गुणस्तरमा र तोकिएको मितिमा हुन्नकी भन्ने चिन्ता नगर्न आग्रह गरे । तोकीएको समय अगावै काम सक्छु तर त्यसका लागि स्थानीयहरुको सहयोग चाहिन्छ, विकास विवाद हैन सहयोग गर्न उनले आग्रह गरे ।

वडा अध्यक्ष हरि विश्वकर्माको संचलानमा भएको उक्त शिलान्यास कार्यक्रमका सभापति त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले ठेकदारले गुणस्तरको काम गर्यो कि गरेन, प्राविधिक स्टमेट अनुसारको काम भयोकि भएन त्यता तिर सबैको चासो हुनु पर्छ मेरो रुख प्यो मेरो बारीको डिल गयो वा यस्तै कुराहरुले विकासमा कहि कतैबाट अवरोध नगर्न आग्रह गरे । यो संघीय सरकारको क्रमागत योजना हो यो सडक त्रिपुरासुन्दरी सिमबेसी गोलाङ फुलखर्क, गुम्दी, रि, किचेत केचेत हुँदै लापा जोडिन्छ । त्यसैले स्थानीयको सहयोग अपरिहार्य हुने बताएका थिए ।