प्रदेशमा दोहोर्‍याउदिन, संघमा नाई भन्दिन –डा.रामकुमार अधिकारी

Avatar photo
Dhadingpost
भदौ ८, २०७९

धादिङ । राजनीतिमा एउटै मान्छे, एउटै पोष्ट र पदमा सकेसम्म दोहोर्‍याउनु, हुन्न भन्ने मोरो सोचाई छ, प्रदेश सांसदको एक कार्यकाल पुरा पनि भईसकेकोले आफु प्रदेश सांसदमा चाहि दोहोर्‍याउदिन धादिङका एमाले नेता एवम् प्रदेश सांसद डा. रामकुमार अधिकारीले बताएका छन् ।

धादिङपोष्ट संग कुरा गर्दै सांसद अधिकारीले भने, प्रदेशको बजेट ल्याउने सिलशिलामा आफ्नो क्षेत्रमा उल्लेख्य वजेट ल्याउन सफल भएको छु । मैले मिडिया करणमात्रै नगरेको हुँ स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारमा आफूले सक्दो योगदान गरेको छु । यहि क्षेत्रमा उठेंभने फेरि पनि जित्ने मेरा धेरै आधारहरु छन् तथापी नयाँ साथीहरुलाई स्पेस दिनुपर्छ म जस्तै काम गर्न सक्ने अन्य नेताहरुले पनि ठाउँ पानु पर्‍योनी, त्यसैले प्रदेशमा म दोहोर्‍याउदिन उनले भने ।

सर्वसम्मत, निर्विवाद पार्टीले संघको लागि टिकट दिएमा भने आफु पछि नहट्ने तर टिकट मलाई नै चाहियो भनेर दवाव सिर्जना भने नगर्ने सांसद अधिकारीले बताए । म भन्दा सिनियर कमरेडहरु जिल्लामा हुनुहुन्छ, पार्टीले उहाँहरुलाई टिकट दिन पनि सक्छ तर सबैको समर्थनमा आफूलाई संघको टिकट पार्टीले दियो भने प्रदेशमा जस्तै संघमा पनि जित्ने उनको दावी छ ।