महादेवबेसी स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री प्रदान

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ७, २०७९

धादिङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य विभागले धादिङ थाक्रे गाउँपालिका स्थित महादेवबेसी स्वास्थ्य चौकीलाई स्वास्थ्य उपकरणका सामाग्रीहरु प्रदान गरेको छ ।

विभागले महादेवबेसी स्वास्थ्य चौकीलाई ECG मेशिन, डिजिटल ब्लड प्रेसर मेशिन, अक्सिजन कन्सन्ट्रेटर मेशिन लगायतको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको हो ।

गाउँपालिको उपाध्यक्ष यन्त्रबहादुर थापा जिन्दगीको पहलमा विभागले उक्त सामाग्री प्रदान गरेको बताईएको छ ।