माओवादी र समाजवादीको घोषणापत्र एउटै बन्ने

Avatar photo
Dhadingpost
भदौ ६, २०७९

काठमाडौं । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका छन् ।

पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा अब एउटै घोषणापत्र बनाउने भएका हुन् । पार्टी एकता संयोजन समितिमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल रहने तय भइसकेको छ । माओवादी केन्द्रबाट नाम टुंगो लाग्न बाँकी छ ।

नारायणकाजी श्रेष्ठको समेत सहभागिता रहेको छलफलमा गठबन्धन दलबीचको कार्यदलमा कांग्रेसले धेरै सिट दाबी गरेको कुरा उठेको थियो ।

तत्काल समाजवादी केन्द्रको अवधारणा अनुसार बाबुराम भट्टराई र बामदेव गौतम समेत जोडिएकाले बलियो शक्तिको अभ्यासमा लाग्न नेताहरू सहमत भएका छन् ।