बाख्रापालक महासंघ धादिङको अध्यक्षका आईतकुमार तामाङ चयन

Avatar photo
Dhadingpost
सोमवार, भदौ ६, २०७९

धादिङ । नेपाल ब्यवसायिक बाख्रापालक महासंघको धादिङको तेस्रो अधिवेशनबाट अध्यक्षमा थाँक्रे गाउँपालिकाका आईतकुमार तामाङ चयन भएका छन् ।

आईतबार धादिङबेसीमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा बेनिघाट रोराङबाट सुन्तलिमाया तामाङ, सचिवमा नीलकण्ठका प्रेम गुरुङ, सह-सचिवमा नीलकण्ठबाटै मुना थापा र कोषाध्यक्षमा बेनिघाट रोराङबाट वेदहादुर गुरुङ सर्वसम्मत चयन भएका छन् । यस्तै सदस्यहरुमा बलराम इटनी, रविन अधिकारी, सुकमायाँ तामाङ, अर्जुन अधिकारी, गोविन्द रानामगर, विष्णुमाया गुरुङ गंगामायाँ गुरुङ फुलमायाँ तामाङ र शम्भु ढकाल चयन भएका छन् ।

सम्मेलनमा जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारी प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल व्यवसायिक बाख्रापालक किसान महासंघका बरिष्ठ उपाध्यक्ष कृष्ण सेँढाई, केन्द्रीय महासचिव अमृत तिवारी, केन्द्रीय सचिव बिना थामी, महासंघका बागमती प्रदेश अध्यक्ष गोविन्द सुवेदी लगायतको विशेष आतिथ्यता रहेको थियो ।