तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङको अध्यक्षमा सुर्य तामाङ चयन

Avatar photo
Dhadingpost
शनिबार, भदौ ४, २०७९

धादिङ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा धादिङ जिल्ला समन्वय समितिको शनिबार धादिङबेसीमा सम्पन्न जिल्ला भेलाले गजुरी गाउँपालिका किराञ्चोकका सूर्य बहादुर तामाङलाई जिल्ला अध्यक्षता चयन गरेको छ ।

भेलाले उपाध्यक्षमा टिकाराम तामाङ र कर्ण बहादुर तामाङ, सचिवमा अमृत तामाङ नीलकण्ठ, सहसचिवमा चेलिमायाँ तामाङ गजुरी कोषाध्यक्षमा उर्मिला तामाङ नेत्रावती डवजोङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा रामबहादुर तामाङ नीलकण्ठ, बुद्धिमान तामाङ खनियाबास, हिमालय तामाङ खनियाबास, शंकर तामाङ नीलकण्ठ, निरबहादुर तामाङ नेत्रावती डवजोङ, बच्चु तामाङथार्के, प्रेम तामाङ सिद्धलेक, सरोज तामाङ गल्छी, सुनिल बहादुर तामाङ गंगाजमुना, यम ब. तामाङ गंगाजमुना, सन्चामान तमाङ, विकास तामाङ गजुरी, दावा तामाङ रुबीभ्याली, कुलबहादुर तामाङ रुबीभ्याली, शेल्कर तामाङ रुबीभ्याली, हशिरण तामाङ, रन्नामायाँ तामाङ गजुरी, रन्जीत तामाङ निलकण्ठ, रन्जुला तामाङ नीलकण्ठ, सुनबहादु तामाङ, विमल तामाङ रुबीभ्याली, शिव तामाङ थाक्रे, भक्त तामाङ (कार्ण) गजुरी छन् ।

सूर्य बहादुर तामाङको सभापतित्वमा भएको भेलामा मोर्चाको संस्थापक अध्यक्ष कुमार योजनको प्रमुख आतिथ्यता र प्रदेश संयोजक सोम्बोले तामाङ (अक्कल), माओवादी केन्द्र धादिङका सचिव दिपक लामिछाने (सुबोध), खनियाबास गाउँपालिकाका उपाध्यक्ष एवम् माओवादी केन्द्र धादिङका जिल्ला कमिटी सदस्य सेक्केमान तामाङ लगायतका नेताहरुको विशेष आतिथ्यता रहेको थियो ।