धादिङमा नेकपाले बनायो विद्यालय भवन, उद्घाटनमा सुरक्षा थ्रेटले विप्लव आएनन्

Avatar photo
Dhadingpost
शनिबार, भदौ ४, २०७९

धादिङ । बेनिघाट रोराङ गाँउपालिका वडा न. १ र २ को सिमानामा पर्ने चेपाङ–तामाङ बस्ती च्यात्रामा विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) ले निमार्ण गरेको “प्रज्वल स्मृति नमुना आधारभूत विद्यालय” भवन शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

नेकपा महासचिव समेत रहेको नेत्रविक्रम चन्द (विप्लव ) ले उक्त विद्यालय भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको भएपनि सुरक्षा थ्रेट देखाउँदै उनी आएनन् । अदालतले पक्राउ पुर्जी जारी गरे सँगै प्रहरीको खोजिमा रहेका विप्लव धादिङमा पनि त्यहि कारण नआएका स्रोतको दावी छ ।

विप्लवको उपस्थिति नभएपछि नेकपा केन्द्रिय सदस्य सन्देश पौडेल विद्यालय भवन उद्घाटन गर्न च्यात्रा पुगेका थिए । भवन उल्घाटन गर्दै उनले राज्यले नेकपा लाई प्रतिवन्ध लगाएको समयमा हामीले विद्यालय भवन बनाएका हौं । आफ्नो पार्टी सँधै जनताको साथमा रहेको र जन अपेक्षा अनुरुप अगाडी बढ्दै आएको दावी गरेका थिए ।

अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष प्रकाश शाहीको सभापतित्वमा भएको उक्त विद्यालय भवन उद्घाटन कार्याक्रममा को संचलन महासचिव ललित विक गरेका थिए । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थापलिया समेतको उपस्थििति रहेको अखिल क्रान्तिकारीका केन्द्रिय कार्यलय सदस्य तथा उपत्यका बिशेष क्षेत्र इन्चार्ज अटल शर्माले धादिङपोष्टलाई जानकारी दिए ।