धादिङका विजय तामाङ सालकको खपटा सहित पक्राउ

Avatar photo
Dhadingpost
बिहिबार, भदौ २, २०७९

धादिङ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ कपुरधाराबाट दुई किलोग्राम सालकको खपटासहित धादिङको धुनिबेशी नगरपालिका–७ का २३ वर्षीय विजय तामाङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशकुमार मैनालीका अनुसार झोलामा सालकको खपटा बोकेर बिक्रीवितरण गर्न हिँडेको अवस्थामा तामाङ पक्राउ परेका हुन् ।

प्रहरीले तामाङलाई कपुरधाराको प्रतीक्षालयबाट पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।