
काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आसन्न निर्वाचनमा एमाले निकट पर्यटन व्यवसायी संगठनमा विग्रह सिर्जना भएको छ । एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटा सहितको ठूलो पंक्तिले कमल सापकोटा नेतृत्वको प्यानललाई समर्थन गर्ने भएका छन् ।
एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै संथागत निर्णय बाहिर नजान र कमल सापकोटाको टीमलाई समर्थन गर्न आग्रह गरेका छन् । कुनै समय एमालेका चन्द्र रिजाललाई टानमा विजयी गराउन अत्यन्त महत्वपूर्ण भुमिका खेलेका कमल सापकोटालाई रिजालले भने धोका दिएका छन् उनी सापकोटाको विपक्षमा देखिएका छन् ।
कमल सापकोटाको प्यानललाई एमाले निकट पइृटन व्यवसायीहरुले मात्रै हैन, नेत्र विक्रम चन्द (विप्लप), मोहन वैद्य, बाबुराम भट्टराई, जसपा निकट व्यवसायीहरुले पनि सहयोग गर्ने घोषाणा गरेका छन् ।
कमल सापकोटा समुहको उम्मेदवारहरु
अध्यक्षमा रामप्रसाद सापकोटा (कमल), वरिष्ठ उपाध्यक्षमा सरिता लामा, प्रथम उपाध्यक्षमा देबेन्द्र पोखरेल, द्वितीय उपाध्यक्षमा दावा लामा तामाङ, महासचिवमा नरध्वज तामाङ (क्षितिज), कोषाध्यक्षमा प्रमिला देबकोटा पाण्डे, सह कोषाध्यक्षमा रिन्जी जाङ्बु शेर्पा, सचिबमा हरि कडरिया सदस्यमा दोर्जे तामाङ, बिनोद वस्ती, राजेश थपलिया, कान्छा गुरुङ, निर्मला सापकोटा खनाल, कृष्ण बहादुर परियार, रामचन्द्र लामिछाने, शरण अधिकारी रहेका छन् ।
निलहरी बास्तोला समुहको उम्मेदवारहरु
अध्यक्षमा निलहरी बास्तोला , वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद दाहाल , प्रथम उपाध्यक्षमा प्रदिप पण्डित , द्वितीय उपाध्यक्षमा धन बहादुर गुरुङ , महासचिवमा बिनोद सापकोटा (बाबू), कोषाध्यक्ष पुरुषोतम तिमल्सिना, सह कोषाध्यक्षमा छिङ दोर्जी शेर्पा ,सचिबमा होमनाथ भट्टराई रहेका छन। त्यस्तै सदस्यमा गणेश बहादुर अधिकारी, कुमार लामा, नबिननाथ देबकोटा, लाक्पा दोर्जे शेर्पा ,सजना त्रिपाठि ,हेम कार्की ,सुबास भण्डारी,राजु अर्याल र राम प्रसाद बन्जारा उम्मेदवार बनेका छन ।
