
धादिङ । बुधबार धादिङबेसी सिरानबजार स्थित क्रिक रिसोर्टको ठुलो हल खचा खच भरियो । कारण थियो रवि लामिछाने हेर्न र उनको भाषण सुन्नेहरुको उपस्थिति । रवि लामिछानेको समर्थकहरुको बाहुल्याता रहेको जिल्ला मध्य धादिङ पनि एक हो भनेर बुधबारको रवि क्रेजले देखाई दिएको कार्यक्रमा सहभागीहरु बताउँछन् ।
धादिङमा रविले भने, अपार मायाँ र सद्भाव देखाउनु भएको छ, अब चुनाव चिन्ह घण्टी चिनाउनु पर्ने र हजारौं रवि लामिछानेहरुको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउनु पर्ने दिन आएको बताएका थिए ।
धादिङको जिल्ला भेलालाई सम्बोधन गर्दै लामिछानेले कमिसनको खेल बुढीगण्डकी जलविद्युत आयोजनाको कामले गति लिन नसहेको र विकास निमार्णको काममा आफ्नो पार्टीले बुढीगण्डकीलाई प्रथामिकतामा राखेको बताए । मंसिर ४ गते जनताले महत्वपूर्ण फैसला गर्न पाउने दिन हो । केहि गर्ने नयाँ सोच भएकाहरुलाई विजयी गराउन समेत उनले आग्रह गरेका थिए ।


