रेसुङ्गाले एसईईमा ३.२० जीपीए ल्याई जिल्ला मै पढ्नेलाई मासिक ४ हजार दिने

Avatar photo
Dhadingpost
साउन २२, २०७९

गुल्मी । रेसुङ्गा नगरपालिकाले (एसईई) मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक ४ हजार दिने निर्णय गरेको छ ।

शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका रोक्न अध्ययन प्रोत्साहनका लागि विद्यार्थीलाई छात्रवृत्ति स्वरुप ४ हजार दिने निर्णय गरिउको नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

नेपालको जुनसुकै विद्यालयमा अध्ययन गरी (एसईई) ०७८ को नतिजामा ३.२० देखि माथि जीपीएए ल्याएका विद्यार्थी जिल्लामा आएर अध्ययन गरे उक्त रकम पाउने नगरपालिकाले जनाएको छ ।