धादिङको निमार्चोक आविलाई एलआरआईद्वारा १ लाख सहयोग

Avatar photo
Dhadingpost
शुक्रबार, साउन २०, २०७९

धादिङ । धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नम्बर १ निमार्चोकमा रहेको निमार्चोक आधारभुत विद्यालयलाई देश कै उत्कृष्ठ मध्य पर्ने एलआरआई स्कुल संचालन गरिरहेको एलआरआई फाउण्डेशनले एक लाख सहयोग गरेको छ ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय अध्यक्ष शंकर अधिकारी सहित निमार्चोक आधारभुत विद्यालयका शिक्षकहरु देशकै उत्कृष्ट विधालयको रुपमा चिनिने एलआरआई अवलोकनको लागि पुगेका थिए । उक्त अवसरमा एलआरआईका संस्थापक शिवराज पन्तले फाउन्डेसनको तर्फबाट छात्रवृत्ति अक्षयकोष संचालनका लागि १ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

अन्तर्राष्ट्रिय स्तरमा १५ राष्ट्रका विद्यालय तथा विश्वविद्यालय सँग एफिलियसन लिएको एलआरआई ले सामुदायीक विद्यालयहरुलाई आर्थिक एवम् अन्य सहयोग गर्दै आएको छ । यसै सिलसिलामा एलआरआईले धादिङकै अर्को विद्यालय ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ रामपुर स्थित भुवनेश्वरी माध्यामिक विद्यालयलाई पनि छात्रवृत्ति अक्षयकोष संचालनार्थ १ लाख सहयोग गरेको छ ।