मेयर हर्क साम्पाङविरुद्ध उजुरी

Avatar photo
Dhadingpost
साउन २०, २०७९

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध नेकपा एमाले केन्द्रीय सदस्य एवं धरान उपमहानगरकी निवर्तमान उपमेयर मञ्जु भण्डारीले साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

मेयर साम्पाङले उनको आधिकारिक फेसबुक पेज ‘हर्क साम्पाङ अ रेभुलेसन’बाट सामाजिक तथा जातीय सदभाव बिथोलिने गरी मञ्जु भण्डारीविरुद्ध बनाइएका फेक स्टाटसको स्क्रिनसट राखेर पोस्ट एमाले नेतृ भण्डारीले साइबर ब्युरोमा उजुरी दिएकी छन् ।

नेकपा एमाले र आफूविरुद्ध मेयर साम्पाङ नै लागेपछि उजुरी गर्न बाध्य भएको बिहीबार धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएकी छिन् । यो आपराधिक घटना भएको र अन्य पीडित नहोस् भनेर प्रमाणसहित आफूले मुद्दा दिएको उनले बताइन् ।