तीज गीत: आमा र छोराबीचको झगडा सार्वजनिक (भिडियो सहित )

Avatar photo
Dhadingpost
बिहिबार, साउन १९, २०७९

चितवन । बाल गायक प्रिन्स सिल्वालको बुट्टेसारी सार्वजनिक गरिएको छ । हरितालिका तीज पर्वलाई लक्षित गरेर गायक सिल्वालको आफ्नै अफिसियल यूटुबबाट सार्वजनिक गरिएको हो । बाध्यताले विदेशीनुपरेको बुबा,भड्किलो बन्दै गएको तिजमा आमा र छोराबीचको झगडालाई गीतमा समेटिएको छ ।

म्यूजिक भिडियोमा गायक प्रिन्स सिल्वालको हजुरआमाको भूमिकामा सन्ध्या बुढा (काउलीबुढी) र आमाको भूमिकामा नर्मता शर्माले अभिनय गरेका छन् । यो गीतमा प्रिन्स सिल्वाललाई सन्ध्या बुढा (काउलीबुढी)ले साथ दिएकी छिन् । सिताराम सिल्वालको शव्द,अर्जुन पोखरेलको संगीतलाई अदेश गुरुमछानले एरेन्ज गरेका हुन ।

सन्तोष राजभक्तको कोरियोग्राफी रहेको भिडियोमा माधव शर्माले निर्देशन गरेका छन भने गीतलाई छायांकन तथा सम्पादन अनिल कटवालले गरेका हुन । काठमाण्डौंकै सेरोफेरोमा गीतको छायांकन गरिएको हो । यस अघि गायक सिल्वालको दशै मनाउने हो, माया लाग्छ नेपालको, सरोज खनालको अभिनय रहेको बाबा, ट्राफिक हाम्रै साथी बोलको जनचेतना मुलक गीत सार्वजनिक भइसकेको छ ।