
काठमाडौं । सत्तारुढ गठबन्धनका नेताहरु संघ र प्रदेशको चुनाव आगामी ४ मंसिरमा गर्न सहमत भएका छन् । नेताहरुको सहमति बने सँगै बिहीबार बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने तयारी भएको बताईएको छ ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल भएर मंसिर ४ गते नै निर्वाचन गर्ने भन्ने विषयमा समझदारी बनेको छ,’ बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा सहभागी एक नेताका अनुसार बिहीबार मन्त्रिपरिषद् बैठकअगाडि गठबन्धनको बैठक बसेर निर्वाचनको मितिको अन्तिम टुंगो लगाउने निर्णय भएको छ ।
