जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

Avatar photo
Dhadingpost
साउन १५, २०७९

काठमाडौं । जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेर विवादित भएपछि उनले गत असार २२ गते प्रतिनिधि सभाबाट राजीनामा घोषणा गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी पुन नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिए ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।