मार्पाक स्तरीय फुटसल भाेली मनमैजुमा हुँदै

Avatar photo
Dhadingpost
शुक्रबार, साउन १३, २०७९

धादिङ । नेत्रावती डवजाेङ गाउँपालिका स्थित साविककाे मार्पाक गाबिस स्तरीय मैत्रीपूर्ण फुटसल प्रतियाेगिता भाेली अर्थात साउन १४ गते शनिबार काठमाडौंको फोनिक्स फुटसल मनमैजुमा हुने भएकाे छ ।

५ वटा टिमले सहभागिता जनाउने उक्त प्रतियाेगिताकाे विजयी टिमलाई गाउपालिका वडा नं. १ का वडाध्यक्ष एवम् पुर्व संचारकर्मी ठाकुर गुरुङ्गले प्रदान गर्ने बताईएकाे छ ।

प्रतियोगिताको व्यबस्थापन फणिन्द्र गुरुङ्ग र काजिराम अधिकारीले, संचालन दूध बहादुर गुरुङ्ग र अदिप अधिकारीले साथै अन्य ब्यबस्थापन ईन्द्र गुरुङ्ग र शिव कार्कीले गर्ने छन् ।

मार्पाक भेट्रान्स टिम, टिम मार्पाक, टिम थला, टिम सि. सि.एम. र टिम बोराङ्ग गरि ५ टिमले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा रेफ्रि कन्चन ढकाल, मेडिकल कृष्ण तामाङ्ग रहेका छन् ।